सोमबार, असार २२, २०८३

साफ च्याम्पियनसिप फाइनलमा नेपालले इन्डियासँग भिड्ने

१३ औं संस्करणको साफ च्याम्पियन फाइनलमा नेपालले छिमेकी मुलुक इन्डियासँग प्रतिस्पर्धा गर्ने भएको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- १३ औं संस्करणको साफ च्याम्पियन फाइनलमा नेपालले छिमेकी मुलुक इन्डियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

बुधबार राति सम्पन्न लिग चरणको अन्तिम दुई खेलमा १० खलाडीमा समेटिएको इन्डियाले माल्दिभ्सलाई हराउँदै फाइनल पुगेको हो।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगाशालमा भएको खेलमा इन्डियाले आयोजक टिमलाई ३–१ गोलले हराएको थियो। जहाँ सुनिल क्षेत्रीले दुई गोल गरे भने 

यता माल्दिभ्सका अली असफाकले ४५ औं मिनेटमा गोल गरेर खेल बराबरी गरे पनि क्षेत्रीले अन्तिम समयमा गोल गरेपछि इन्डियाले जित निकालेको हो।

इन्डियाले ३३ औं मिनेटमा मनवीर सिंहको गोलमा अग्रता बनाएको थियो। यता, दोस्रो हाफको ६२ औं र ७१ औं मिनेटमा क्षेत्रीले गोल गरेपछि इन्डियाल जित निश्चित गरेको थियो।

खेलको इन्ज्युरी समयमा इन्डियाका सुबासिस बोसले रातो कार्डको पाएका थिए।रातो कार्ड पाएका कारण सुवासिस नेपालसँगको फाइनल खेलमा उपस्थित हुनेछैनन्।

त्यसअघि सम्पन्न अर्को खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेपछि नेपाल र इन्डिया भिड्ने पक्का भएको हो।

बंलादेशका लागि सुमोन रेजाले गोल गरे भने नेपालका लागि अन्जन विस्टले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे। यससँगै बराबरी भएको खेलबाट १ अंक जोड्दै नेपाल फाइनलमा पुगेको हो।

इन्डियाले अब १२ औं पटक साफ च्याम्पियनसिपको फाइनल खेल्न लागेको हो। दक्षिण एसियाको पावरहाउसको रुपमा रहेको इन्डियाले अहिलेसम्म ७ उपाधि जितिसकेको छ।

अब शनिबार राति हुने फाइनल खेलमा नेपालले पहिलो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ भने इन्डियाले आठौं उपाधिका लागि खेल्नेछ।

प्रकाशित: Oct 14, 2021| 06:27 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।