मंगलबार, पुस १, २०८२

स्थानीय नर्तकहरुलाई आत्मनिर्भर बनाउँदै झिझिया नाच

विगतमा पारम्परिक धार्मिक नाचमा सीमित झिझिया अचेल लोकउत्सवको रुपमा प्रसिद्ध हुँदै गएको छ।
 |  बिहीबार, असोज २८, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, असोज २८, २०७८

जनकपुरधाम- विगतमा पारम्परिक धार्मिक नाचमा सीमित झिझिया अचेल लोकउत्सवको रुपमा प्रसिद्ध हुँदै गएको छ। सहर बजारमा पनि प्रसिद्ध हुन थालेको यो नाचले अचेल व्यावसायिक रुप धारण गरेको छ।

National life

मिथिलाञ्चलमा झिझिया नृत्यको अलग्गै महत्व हुन्छ। दशैंको समयमा सहर होस् वा गाउँ दुर्गा भवानीको प्रतिमा स्थापित गरिएका शक्तिपीठहरुमा बेलुकीपख झिझियाको गीत गुञ्जिने गर्दछ।

महान् पर्वको रुपमा रहेको दशैंको घटस्थापनादेखि विजयादशमीसम्म मिथिलामा प्रत्येक परिवारका सदस्यहरु साँझकोे आरतीका लागि शक्तिपीठ पुग्ने गर्दछन्। साँझको आरतीमा झिझिया नाच थप आकर्षणका रुपमा रहेको छ।

झिझिया नृत्यलाई अझ बढी आर्कषित बनाउन उनले ५ जनाको टोली नै बनाएका छन्।  टोलीका तीन जना महिला झिझिया गीत गाउँछन् भने एक जना तबला बजाउँछन्।

लोक परम्परा रहेको झिझिया नाच मिथिलामा प्रायः महिलाहरुले मात्र गर्ने गरेका छन् तर महोत्तरी पिपराका सञ्जय कापरका लागि भने झिझिया नाच व्यवसायको रुपमा रहेको छ। दशैं आएलगत्तै झिझिया नृत्यका लागि उनी व्यस्त हुन्छन्। मिथिलामा महिलाहरुले साडी लगाएरै गर्ने गरेको नाचमा कापर पुरुष भएर पनि साडी लगाएर नै झिझिया नृत्य गर्ने गरेका छन्। उनी यस नाचका सिपालु कलाकार हुन्।

झिझिया नाच

Laxmi sunrise bank
kumari

कापर दशैंको घटस्थापनादेखि विजयदशमीसम्म गाउँ-गाउँ घुमेर झिझिया नृत्य गर्ने गर्छन्। यसले उनको राम्रै कमाइ हुन्छ। कापर भन्छन्, ‘दशैंको समयमा मेरो परिवारको खानपान झिझियाबाट नै चल्ने गरेको छ। दशैंका दश दिनमा ५० देखि ६० हजारसम्म कमाइ हुन्छ।’

झिझिया नृत्यलाई अझ बढी आर्कषित बनाउन उनले ५ जनाको टोली नै बनाएका छन्।  टोलीका तीन जना महिला झिझिया गीत गाउँछन् भने एक जना तबला बजाउँछन्।

पिपराका स्थानीय निशान्त मिश्र भन्छन्, ‘कापरले गरेको यो नृत्यले हाम्रो संस्कृतिको त रक्षा हुन्छ नै साथसाथै यस्तो कलाले हामी भोको पेट मर्दैनौं भन्ने सन्देश समेत दिएको छ।’


प्रकाशित: Oct 14, 2021| 06:40 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।