काठमाडौं – गत वर्ष चैतमा नेपाली राष्ट्यि फुटबल टिमको प्रशिक्षक बनेपछि अब्दुल्लाह अलमुताइरीले टिमसँग आफ्ना सपना व्यक्त गरेका थिए– हाम्रो स्तरको प्रतियोगिता साफ च्याम्पियनसिप हो। अब मेरो पहिलो उद्देश्य साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु हो। र, त्यो प्रतियोगिता जित्नु हो।’
नेपाली फुटबल टिमले अलमुताइरीको पहिलो सपना पूरा गरिदिएको छ। अर्थात्, उनले तयार गरको नेपाली टिम साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। माल्दिभ्सस्थित राष्ट्यि फुटबल रंगशालामा बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनलको यात्रा सुरक्षित गरेको हो।
लिग चरणमा नेपालले दुई खेलमा जित, एक बराबरी र एक हार बेहोर्दै ७ अंक बनाएर इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।
‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ।
लगत्तै प्रशिक्षक अलमुताइरीले पहिलो पटक पत्रकारसामु पद त्यागको घोषणा गरेका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भने, ‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ।'
उनले अब नेपाल नफर्किने पनि घोषणा गरे। अलमुताइरीले भने, ‘अब म नेपाल फर्किएर आउने छैन। कसैले मेरो नाम प्रयोग गरेर पैसा कमाउन पाउने छैन। मेरो नाम प्रयोग गरेर पैसा कमाउनेले नै राष्ट्रिय टोली चलाओस्।
उनले नेपाल बसाइका क्रममा आफ्नो परिवारलाई असर गरेको पनि बताएका छन्। ‘यो हर्कतले मलाई असर गरेको छ। त्यसैले आज मैले कुनै प्रश्नको अपेक्षा गरेको छैन’, उनले भने। उनले नैतिकता नभएको मानिसले माफी नपाउने पनि बताए।
उनले एक महिनाअघि नै राजीनामा दिइसकेको पनि स्पष्ट पारे। उनले भने, अब यो प्रतियोगिता अन्तिम हो। साफ कप नसकिएसम्म छोड्दा असर पर्ने भएकाले टिमलाई सम्हालेको हुँ।’
उनले मंगलबार पत्रकार सम्मेलनमा उपस्थित नहुनुको कारण पनि बताए। अलमुताइरीले भने, ‘यसका लागि हिजो हामीले तीन बजेसम्म अभ्यास ग¥यौं। त्यसैले म र कप्तान पत्रकार सम्मेलनमा आउन पाएनौं। कतिले मेरो बारेमा नराम्रो लेखेको थाहा पाएँ।’
उनले थपे, ‘त्यसलाई नै आधार बनाएर मिडियाले मेरो बारेमा रमाइलोका लागि समाचार छाप्यो। कोच पनि मानिस हुन्। फुटबलमा लागेका मानिस एकै परिवारका हुन्।’
उनले म्याच फिक्सिङबारे उठेको प्रश्नको जवाफ दिँदै भने, ‘यो कुरा कसरी आयो? कसरी सम्भव छ यस्तो? मेरो छोराले पनि मलाई प्रश्न गरेको छ कि ती सबै प्रतिकृयाको अर्थ के हो? अब मैले उत्तर के दिने होला?’ विज्ञापनबाट पैसा कमाउन कसैले गलत लेखेका छन्। त्यो राम्रो होइन। म नाम त भन्दिनँ तर त्यो कुरा सम्बन्धित मानिसले थाहा पाउनुपर्छ।’
उनले नेपाली फुटबलको स्तर उकास्न आफूले प्रशिक्षकको जिम्मेवारी लिएको पनि बताए। उनले जारी साफ कपको इतिहास रच्ने पनि दाबी गरे।
‘आजको खेल निकै महत्त्वपूर्ण रह्यो। हामी दुवै टिमले जितका लागि खेल्यौं। अन्तिममा एक अंक जितेर हामी फाइनलमा पुग्यौं। हामी साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनलमा पुगेका हौं,’ डिफेन्डर रोहित चन्दले भने।
‘म साफमा इतिहास रच्ने दाउमा छु। म यो टिमलाई एसिया कपमा छनोट गराउने तयारीमा छु। म यो टिमलाई यस्तो बनाउनेछु जसले सबै नेपालीलाई गौरवान्वित बनाउनेछ,’ पोस्टम्याच कन्फरेन्समा अलमुताइरीले भने।
उनले आजको खेलमा लागि बंगलादेशका खेलाडी र प्रशिक्षकलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘धन्यवाद यसकारण कि उनीहरुले निकै राम्रो खेले। सायद त्यो एउटा पल थियो जसले खेलको माहोल परिवर्तन गरिदियो। गोलकिपर बाहिरिनुपर्यो। लकले कहिले फेवर गर्छ कहिले गर्दैन। तर, यो नतिजाले आज म अति खुसी छु।’
खेलाडी रोहित चन्दले पनि आजको खेल निकै पेचिलो रहेको बताएका छन्। उनले यो समय निकै खुसीको रहेको पनि बताए। ‘आजको खेल निकै महत्त्वपूर्ण रह्यो। हामी दुवै टिमले जितका लागि खेल्यौं। अन्तिममा एक अंक जितेर हामी फाइनलमा पुग्यौं। हामी साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनलमा पुगेका हौं,’ डिफेन्डर रोहित चन्दले भने।