काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन्। लिग चरणको अन्तिम खेलपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन्।
उनले एक महिनाअघि नै राजीनामा दिए पनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागू हुने बताएका हुन्। उनले आफू नेपाल नफर्कने बताए।
अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ। बुधबार भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो।