काठमाडौं– फरवार्ड अञ्जन विष्टको पेनाल्टी गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ को अन्तिम लिग खेलमा बंगलादेशसँग बराबरी गरेको छ। योसँगै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। त्यसअघि सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो। मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा ११ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो ।
बंगलादेशसँग बराबरी खेले पनि नेपालको ४ खेलमा ७ अंक भएको छ। बंगलादेश ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ। आज दोस्रो खेलमा माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुँदैछ। उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। बराबरी भएमा माल्दिभ्स फाइनलमा पुग्नेछ।