आइतबार, माघ ४, २०८२

पहिलो हाफमा नेपाल एक गोलले पछि पर्‍यो

साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल बंगालादेशसँग एक गोलले पछि परेको छ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

काठमाडौं– साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल बंगालादेशसँग एक गोलले पछि परेको छ। खेलको पहिलो मिनेटबाटै नेपालले खेलमा दबाब बनाए पनि उसले गोल गर्न भने सकेन। खेलको अभ्यासको क्रममा पुजन उपरकोटी घाइते भएपछि उनको ठाउँमा अर्का मिडफिल्डर विशाल राईले खेलेका छन्।

National life

खेलको नवौ मिनेटमा खेलमा बंगलादेशले अग्रता बनाएको थियो। फ्रिकिकमा आएको बललाई मोहम्मद सुमन रेजाले हेडरमार्फत् फ्रि हेडरमार्फत गोलमा परिणत गरेका थिए।

उनका हेडर नेपाली गोलकिपर किरणकुमार लिम्बूको बायाँतर्फबाट पोस्टको तल्लो भागबाट गोल भएको थियो। आजको खेल नेपालका लागि गर वा मरको अवस्थामा छ। नेपालले जित निकालेको अवस्थामा वा बराबरी गरेको अवस्थामा नेपाल फाइनलमा पुग्नेछ। तर, हार बेहोरेमा नेपालको यात्रा समूह चरणबाटै समाप्त हुनेछ। खेलको २६ औं मिनेटमा नेपाली विंगर आयुष घलानको प्रहार असफल भएपछि बंगलादेशले काउन्टर अट्याकमा प्रयास गरे पनि उसको प्रहार पोस्टतर्फ गएन। 

२९ औं मिनेमा सुजल श्रेष्ठको क्रस पनि बंगलादेशका खेलाडीले क्लियर गरिदिए। त्यस्तै ३२ औं मिनेटमा अन्जन विस्टको क्रसलाई पनि नेपाली फरवार्डले गोलमा परिवर्तन गर्न सकेनन्। बल रिसिभमा नवयुग श्रेष्ठ र आयुष घलान त्यहाँ भए पनि उनीहरुले बललाई नियन्त्रणमा लिनुअघि नै बंगलादेशी डिफेन्डरले त्यसलाई ििक्ललयर गरिदिए।

पहिलो हाफको इन्ज्युरी समयमा रोहित चन्दको क्रसलाई आयुष घलानले हेडबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिर गएको थियो।त्यसलगत्तै बंगलादेशका सुमनको क्रस पनि पोस्ट माथिबाट बाहिरियो। यससँगै पहिलो हाफमा नेपाल १–० गोलले पछि छ।

Laxmi sunrise bank
kumari

नेपालले खेलमा जित हासिल गरे वा बराबरी खेले फाइनलमा प्रवेश गर्नेछ। बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता छ। आजै माल्दिभ्स र भारत खेल्नेछन्। उक्त खेलको विजेताले पनि फाइनलमा स्थान बनाउनेछ। बराबरी भएमा माल्दिभ्स फाइनलमा पुग्नेछ।

समान ६ अंकका साथ नेपाल शीर्षस्थानमा र माल्दिभ्स दोस्रो स्थानमा छ। ५ अंकका साथ भारत तेस्रो, ४ अंकसहित बंगलादेश चौथो स्थानमा छ। श्रीलंका भने १ अंक जोड्दै लिग चरणबाट बाहिरिएको छ।

प्रकाशित: Oct 13, 2021| 17:45 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।