काठमाडौं– साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्ध बंगलादेशले अग्रता लिएको छ। माल्दिभ्सको मालेमा केही बेरअघि सुरु भएको लिग चरणको अन्तिम खेलमा बंगलादेश टोलीका लागि आठौं मिनेटमा सुमन रेजाले गोल गरेका हुन्। खेलको दोस्रो मिनेटमा बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रमा लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो। सुजल श्रेष्ठले प्रहार गरेको फ्रिकिक पोस्टतर्फ प्रहार हुन सकेन।
खेलको आठौं मिनेटमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगाली टोलीलाई अघि बढाएका हुन्।
नेपालले खेलमा जित हासिल गरे वा बराबरी खेले फाइनलमा प्रवेश गर्नेछ। बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता छ। आजै माल्दिभ्स र भारत खेल्नेछन्। उक्त खेलको विजेताले पनि फाइनलमा स्थान बनाउनेछ। बराबरी भएमा माल्दिभ्स फाइनलमा पुग्नेछ।
समान ६ अंकका साथ नेपाल शीर्षस्थानमा र माल्दिभ्स दोस्रो स्थानमा छ। ५ अंकका साथ भारत तेस्रो, ४ अंकसहित बंगलादेश चौथो स्थानमा छ। श्रीलंका भने १ अंक जोड्दै लिग चरणबाट बाहिरिएको छ।