काठमाडौं– साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा सुरु भएको छ। खेल नेपाली समयअनुसार पौने पाँच बजे माल्दिभ्सको मालेमा सुरु भएको हो।
बंगलादेशविरुद्ध खेलका लागि आक्रमणमा अञ्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ टोलीमा आएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनीष डाँगी, सुमन अर्याल र सुमन लामालाई बेन्चमै राखेका छन्।
गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् भने डिफेन्डरमा अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ छन्। मिडफिल्डका पुजन उपरकोटी अभ्यासका क्रममा घाइते भएपछि उनको ठाउँमा विशाल राई मैदानमा छन्। यस्तै तेज तामाङलाई रोहित चन्दले साथ दिइरहेका छन्।