आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिप - बंगलादेशविरुद्ध यसरी भिड्दैछ नेपाली टोली

साफ च्याम्पियनसिप - बंगलादेशविरुद्ध यसरी भिड्दैछ नेपाली टोली

भारतसँग हारेको नेपाली टोलीले आज तीन वटा परिवर्तन गर्दै मैदानमा उत्रन लागेको छ।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

काठमाडौं– साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ। भारतसँग हारेको नेपाली टोलीले आज तीन वटा परिवर्तन गर्दै मैदानमा उत्रन लागेको छ। खेल नेपाली समयअनुसार पौने पाँच बजे माल्दिभ्सको मालेमा सुरु हुँदैछ।

National life

बंगलादेशविरुद्ध खेलका लागि आक्रमणमा अञ्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ टोलीमा आएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनीष डाँगी, सुमन अर्याल र सुमन लामालाई बेन्चमै राखेका छन्।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् भने डिफेन्डरमा अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ छन्। मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन्। 

नेपालले खेलमा जित हासिल गरे वा बराबरी खेले फाइनलमा प्रवेश गर्नेछ। बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता छ। आजै माल्दिभ्स र भारत खेल्नेछन्। उक्त खेलको विजेताले पनि फाइनलमा स्थान बनाउनेछ। बराबरी भएमा माल्दिभ्स फाइनलमा पुग्नेछ।

समान ६ अंकका साथ नेपाल शीर्षस्थानमा र माल्दिभ्स दोस्रो स्थानमा छ। ५ अंकका साथ भारत तेस्रो, ४ अंकसहित बंगलादेश चौथो स्थानमा छ। श्रीलंका भने १ अंक जोड्दै लिग चरणबाट बाहिरिएको छ।
नेपाली टोलीलाई जित वा बराबरी आवश्यक छ। साफ च्याम्पियनसिपमा बंगलादेशको लागि पनि प्रदर्शन राम्रो भएको छैन। ३ खेलमा १ जित, १ बराबर र १ हारसहित टोली ४ अंक जोड्दै चौथो स्थानमा छ। नेपाललाई हराए मात्र बंगलादेश फाइनल पुग्छ।

पहिलो खेलमा श्रीलंकालाई पेनाल्टी गोलमा १–० ले हराएको बंगलादेशले भारतलाई १–१ को बराबरीमा रोकेको थियो। तेस्रो खेलमा भने माल्दिभ्सले २–० को जित दर्ता गरेको थियो।

Laxmi sunrise bank
kumari

समान ६ अंकका साथ नेपाल शीर्षस्थानमा र माल्दिभ्स दोस्रो स्थानमा छ। ५ अंकका साथ भारत तेस्रो, ४ अंकसहित बंगलादेश चौथो स्थानमा छ। श्रीलंका भने १ अंक जोड्दै लिग चरणबाट बाहिरिएको छ।

एक दशकयता ९ खेलमा नेपाल ४ मा विजयी

नेपालले बंगलादेशविरुद्ध २३ खेल खेल्दा ७ खेलमा जित हासिल गरेको छ। ३ खेलमा बराबरी र १३ खेलमा हार बेहोरेको छ। एक दशकयताको नतिजामा भने नेपाल सफल रहँदै आएको छ। पछिल्लो पटक चैतमा स्वदेशमा भएको थ्री नेसन्स कप जित्दा नेपालले फाइनलमा बंगलादेशलाई ३–२ ले हराएको थियो। थ्री नेसन्सकै लिगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए।

पछिल्लो एक दशकमा नेपाल र बंगलादेशबीच ९ भेटमा नेपाल ४ पटक विजयी भएको छ। ३ खेलमा बराबरी हुँदा २ खेलमा बंगलादेश विजयी भएको छ। सन् २०११ यताको साफ च्याम्पिनसिपको ३ भेटमा नेपालले बंगलादेशसँग हार बेर्होनुपरेको छैन। नेपालले साफको २०११ को संस्करणमा बंगलादेशविरुद्ध १–० को जित निकालेको थियो। यस्तै नेपालले २०१३ मा र २०१८ मा  २–० को जित निकालेको थियो।

सन् २०११ अघि बंगलादेशसँगको ४ पटकको साफ च्याम्पियनसिप भेटमा भने नेपाल पराजित भएको थियो। १९९५ मा २–०, १९९९ मा २–१ ,२००३ मा १ –० र २००५ मा २–० ले नेपाली टोली बंगलादेशसँग पराजित भएको थियो। साफको समग्र ७ खेलको नतिजामा नेपालले ३ खेल र बंगलादेशले ४ खेल जितेको छ।

वर्ष                   नतिजा

१९९५ नेपाल ० बंगलादेश २

१९९९ नेपाल १ बंगलादेश २

२००३ नेपाल ० बंगलादेश १

२००५ नेपाल ० बंगलादेश २

२०११ नेपाल १ बंगलादेश ०

२०१३ नेपाल २ बंगलादेश ०

२०१८ नेपाल २ बंगलादेश ०

प्रकाशित: Oct 13, 2021| 16:30 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।