बिहीबार, भदौ ४, २०८३

मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

विजय दशमीको अवसरमा चण्डेश्वरी युवा क्लवले मालेबगरमा मैत्रीपूर्ण टोलस्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको हो।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

लमजुङ- बेसीसहर नगरपालिका-६ मा भएको टोल स्तरीय फुटबल प्रतियोगितामा पुमागाउँ टोल विजेता बनेको छ। विजय दशमीको अवसरमा चण्डेश्वरी युवा क्लवले मालेबगरमा मैत्रीपूर्ण टोलस्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको हो।

बेलौतिबिसौना टोल र पुमागाउँ टोलबीच भएको फाइनल खेलमा चार गोल गर्दै पुमागाउँ टोल विजेता बनेको हो। उपविजेता बेलौतिबिसौना टोलबाट कुनै पनि गोल हुन सकेन। विजेता तथा उपविजेता खेलाडीहरुलाई बेसीशहर नगरपलिका ६ का वडा सदस्य होमबहादुर राउतले पुरस्कार वितरण गरे। 

विजेता पुमा टोललाई नगद २० हजार, खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तैगरी उपबिजेता बेलौतिबिसौना टोललाई नगर १० हजार, खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

उत्कृष्ट गोलकिपर बेलौतिबिसौनी टोलमका खेलाडी शम्भु रिमाल, खेल अवधिभर ६/ ६ गोल गरी सर्वाधिक गोलकर्तामा बेलौतिबिसौना टोलका नबिन रिमाल र पुमा टोलका प्रेम गुरुङ, उत्कृष्ट खेलाडीमा पुमा टोलका चिज मिजार र बेलौतिबिसौना टोलका चिरन रिमाल घोषित भए। उनीहरुलाई जनही १/१ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको छ। - न्युज कारखाना


 

प्रकाशित: Oct 13, 2021| 15:30 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।