आइतबार, वैशाख ७, २०८२

दुर्गा पूजाको व्यवस्थापनको जिम्मा युवा कमिटीलाई

नेपालीहरुको महान चाड विजयादशमीको रौनकता अहिले देशै भरी देखिएको छ।
 |  बुधबार, असोज २७, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, असोज २७, २०७८

vianetvianet

जनकपुर- नेपालीहरुको महान चाड विजयादशमीको रौनकता अहिले देशै भरी देखिएको छ। त्यसमा पनि जनकपुरधामको दशैँको अलग्गै महत्व रहेको छ। गत वर्ष कोरोना महामारीका कारण खल्लो भएको दशैँलाई झन आकर्षक बनाउनका लागि यहाँका युवा क्लवहरुले दिनरात मेहनत गरेर व्यवस्थापनमा लागेका छन्।

triton college

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गरिन्छ। राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरी पूरै जनकपुरधामलाई झकिझकाउ बनाइएको छ।

राजा जनकका कुलदेवी भनिएकी प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिल बत्तीहरु जडान गरिएको छ।

जनकपुरधामको अन्य स्थानहरुमा मूर्ति स्थापना गरी पूजा अराधना गर्ने गरिन्छ। यद्यपि राजदेवी मन्दिरका साथै अमरखाना मन्दिरको पूजाको विशिष्ट महत्व रहेको छ। जसको व्यवस्थापन महावीर युवा कमिटी र राम युवा कमिटीले प्रत्येक वर्ष गर्दै आईरहेको छ।


National life insurance

राजदेवी मन्दिरको पूजाको व्यवस्था महावीर युवा कमिटीका अध्यक्ष बलराम साह र अमरखाना मन्दिरको पूजाको व्यवस्थापन राम युवा कमिटीका बरिष्ठ निर्देशक शम्भु प्रसाद साहले हेर्दै आईरहेका छन्।

तर जनकपुरधामका यी दुई युवा क्लव भने देशमा पुनः प्रजातन्त्र स्थापना भएपछि मात्रै राजदेवी माताको पूजाको व्यवस्थापन गर्न सुरु गरेका थिए। यस अघि युवाहरुलाई अन्य रचनात्मक कार्यमा प्रेरित गर्नका लागि मात्रै काम गर्ने यी युवा क्लवहरु २०४७ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि मात्रै यसको व्यवस्थापन गर्ने जिम्मा आफ्नो हातमा लिएका थिए। यस अघि गुठी संस्थानले पूजाको सम्पूर्ण व्यवस्थापन गर्दै आईरहेको थियो।

तर २०४७ सालमा प्रजातन्त्रका सेनानीहरुले सफलता प्राप्त गरेपछि गुठी संस्थान तथा सीडिओ कार्यालयमा गएर पूजा व्यवस्थापन गर्ने जिम्मा आफ्नो हातमा लिन सफल भएका थिए।

सुरु सुरुमा रामयुवा कमिटी र महावीर युवा कमिटीले संगै दुर्गा पूजाको व्यवस्थापन गर्ने गर्थे। तर बिच युवा कमिटीहरु बिचमै विवाद हुन थालेपछि दूबै कमिटीका पदाधिकारीहरु बैकठ गरेर महावीर युवा कमिटीले राजदेवी मन्दिर र रामयुवा कमिटीले अमरखाना मन्दिरको पूजा व्यवस्थापन गर्ने जिम्मा पाएका थिए।

तर बलिप्रदानका राम युवा कमिटीले सम्पूर्ण व्यवस्थापन हेर्ने जिम्मा पाएको थियो। त्यस यता जनकपुरधामको दशैँमा आधुनिकताका साथै रौनकता थपिदै गईरहेको छ।


प्रकाशित: Oct 13, 2021| 11:50 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।