शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल र र फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताएका हुन्।

ध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए।

भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको समाजवादी पार्टीले जनाएको छ।

प्रकाशित: Oct 12, 2021| 19:37 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...