मंगलबार, फागुन २६, २०८२

मालदिभ्समा यस वर्ष नौ लाख पर्यटक पुगे

कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

माले- कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन्।

National life

यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन्। सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन्। अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन्।

कोभिडका कारण अघिल्लो वर्ष पर्यटक नआएकामा अहिले यहाँ १२२ प्रतिशतसम्म पर्यटक बढेका सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।साथै सो मन्त्रालयका अनुसार तर त्यो भन्दा पनि अघिल्लो अर्थात् सन् २०१९ का तुलनामा भने यहाँ पर्यटक कम आएका छन्।

सन् २०१९ को यही अवधिका तुलनामा यसवर्ष यहाँ २९ प्रतिशत कम पर्यटक आएका हुन्। यसवर्ष यहाँ आएका पर्यटकमा अधिकांश भारतीय रहेका छन्।

त्यसैगरी एसियाका अरु देशका नागरिक र रुस तथा जर्मनीका पर्यटक यहाँ आएका थिए। यी देशका मात्र यहाँ २३ प्रतिशत पर्यटक आएका थिए।त्यसपछि यहाँ फ्रान्स, ताजकिस्तान, स्पेन, बेलायत र अमेरिकी पर्यटक आएका छन्। तर यी देशका भने थोरै मात्र पर्यटक यहाँ आएका छन्।

Laxmi sunrise bank
kumari

मालदिभ्स पर्यटकीय देश हो। मालदिभ्सको राजधानी मालेमा विश्वका देशका नागरिकहरु विदा मनाउन आउने गर्दछन्।

त्यसैले यस देशको मुख्य आय पनि पर्यटन नै हो। तर विश्वका अरु देशहरु जस्तै मालदिभ्सलाई पनि कोभिड १९को असरले छोएको छ। 

प्रकाशित: Oct 12, 2021| 22:40 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।