बिहीबार, भदौ ४, २०८३

हराएको छोरासँग सात महिनापछि भेट्दा धरधरी रोइन् आमा

कपिलवस्तु नगरपालिका ३ की जोखना तेलीले छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

कपिलवस्तु- कपिलवस्तु नगरपालिका ३ की जोखना तेलीले छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन्। उनका १४ वर्षका छोरा काशीराम ७ महिनाअगाडि घरबाट भागेका थिए। उनी छिमेकीको उक्साहटमा घरमा जानकारी नदिई भारत पुगेका थिए।

२९ फागुनमा उनी परिवारलाई थाहा नदिई निस्किएपछि हराएको आशंकामा प्रहरीमा जाहेरी दिइएको थियो। सजिलै धन कमाउन सकिने भन्दै छिमेकी दाजुहरूले मुम्बई पुर्‍याएर अलपत्र छाडेका थिए। हराएको छोरासँग सात महिनापछि भेट भए पछि जोखनीले आफूलाई सम्हाल्न सकिनन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नै रोइन।  

मुम्बई डोँगरीस्थित एक बालगृहमा आश्रित काशीराम मंगलबार नेपाल पुगेका हुन्। बालगृहबाट नेपाल ल्याउने अदालती प्रक्रिया पूरा गर्न करिब डेढ महिना लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

नेपाल दर्पण नामक अनलाइनले बालकको विषयमा खोजी गरेको समाचार ‘नेपाली महासंघ मुम्बई’ नाम गरेको संस्थाको नजरमा परेपछि बालकको घरको खोजी सुरु गरेको थियो। प्रहरीमा जाहेरीको दिएको हुँदा बालकको परिवार पहिचान गर्न सजिलो भएको हो। संस्थाका महासचिव पुरन कुँवरले बालकलाई मुम्बईदेखि उद्धार गरी नेपाल पुर्‍याएका थिए। मुम्बईमा अलपत्र परेका तेलीलाई उद्धार गरी बालगृह पुर्‍याइएको थियो। 

तेलीलाई कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, साथी संस्था कपिलवस्तुको संयोजक विमला घिमिरेको रोहवरमा परिवारको जिम्मा लगाइएको छ। तेलीको उद्धारमा सहयोग गरेकोमा कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले महासचिव कुँवरलाई प्रशंसा पत्रले सम्मान गरेका थिए।

  -न्युज कारखाना

प्रकाशित: Oct 12, 2021| 21:45 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।