शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भारत भ्रमणपछि महतले भने– सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ

भारत भ्रमणपछि महतले भने– सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ

सत्तारुढ दल नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।

मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कूटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताएका हुन्। उनले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशील्ड सप्लाइको बारेमा छलफल भएको बताए।

उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निस्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए। उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए। भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हितका विषयमा चर्चा भएको बताए।

सहमहामन्त्री महतले नेपाली कांग्रेससँग भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्व र प्राथमिकता दिएको बताए। उनले नेपाल सरकारका कुराहरुलाई भाजपाले उच्च चासो र समस्या समाधानका लागि गम्भीरताका साथ लिएको बताउँदै कोभिशील्ड आपूर्ति र महाकाली तुइन प्रकरण लगायतका कुराहरुको तत्काल समस्या समाधान गर्ने बताए। उनले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर  निस्कर्षमा पुग्न आग्रह गरेको बताए।

सहमहामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कूटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको बताए। उनले पूर्व सरकारले जनता तिर मात्रै फर्केर ठूलो स्वरले कराएको तर सरकारी तहमा कुनै कुटनीतिक पहल नगरेको आरोप लगाए। उनले नेपाली काँग्रेस तर्क, तथ्यांक र आधारमा विश्वास राख्ने भएको बताउँदै अब कुटनीतिक पहलद्वारा समस्या समाधान हुँदै जाने बताए।

उनले भारतीय जनता पार्टी (भाजपा) सँगको सम्बन्धले नेपाली कांग्रेस र देशलाई नै सकारात्मक हुने बताए। कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उहाँले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताए। उनले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठ पर्वपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्ने बताए। नेपालको राष्ट्रियता बलियो बनाएर अघि बढ्नु पर्ने र त्यसमै भारतको हीत हुने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका चासो दिइरहेका छन्। भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय समशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरु अरुण सिंह, राजु बिष्ट,प्रवक्ता सुधांशु त्रिवेदी,महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गरेका थिए। 


प्रकाशित: Oct 12, 2021| 18:33 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...