बिहीबार, मंसिर १८, २०८२

वीरगञ्जमा भित्र्याइयो फूलपाती

दशैंको आज सातौं दिन देशभर विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लागेको छ।
 |  मंगलबार, असोज २६, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, असोज २६, २०७८

वीरगञ्ज- दशैंको आज सातौं दिन देशभर विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लागेको छ। फूलपातीको अवसरमा तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि आज बिहानदेखि विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो छ।

National life

मनोकांक्षा पुरा हुने जनआस्था राखी पर्सा जिल्लाको शक्तिपीठहरु गहवामाई मन्दिर, विर्तामाई मन्दिर, विन्दवासिनी माई र मनसा माई मन्दिरमा बिहानैदेखि देवी माताको दर्शनका लागी दर्शनार्थीहरुको घुइँचो लागेको छ।

गत वर्ष निषेधाज्ञा जारी भएका कारण भक्तजनहरुलाई मन्दिर प्रवेशमा रोक लगाइए पनि यस वर्ष भने पीठहरुमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ।


यहाँको नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोकका फूलपाती लिएर सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टेकेडीले मालपोत चोकबाट गहवामाई मन्दिरमा फूलपाती भित्र्याएको थियो।

Laxmi sunrise bank
kumari

पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगञ्ज महानगरका मेयरले फूलपातीको अवसरमा विशेष पूजाआजा गरेका छन्। गहवामाई मन्दिर परिशर अगाडि रहेको पार्कमा विशेष पूजा गरी फुलपाती भित्रयाइएको हो।

देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तबिज राक्षसहरुको वध गरेको दिनको सम्झनामा महासप्तमी मनाउने चलन रहेको हो। आजको दिन कालरात्री देवीको पूजा आराधना गर्नाले मनोकांक्षा पुरा हुने देवी देवताको वास हुने आस्था पनि रहेको छ।

वीरगञ्जमा विजयादशमीको दशैं दिनसम्मलाई भक्तजनहरुले विशेष रुपमा गहवामाई मन्दिरमा पुजा पाठ गर्दै दशैं मनाउने गर्दछ।

प्रकाशित: Oct 12, 2021| 14:00 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।