बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहजिल्लामा स्वास्थ्यमन्त्री खतिवडालाई भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी

गृहजिल्लामा स्वास्थ्यमन्त्री खतिवडालाई भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई भयो।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

मकवानपु- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई भयो। मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले सोमबारमात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन्। 

एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको बडा दशैं, तिहार तथा छठ पर्वका अवसरमा विहान आयोजित चियापान कार्यक्रममा सहभागी बने भने अन्य विभिन्न कार्यक्रममा पनि मन्त्री खतिवडा सहभागी बने। 

यस्तै, मन्त्री खतिवडाले व्यवसायी राजकुमार न्यौपाने र रामहरी न्यौपानेका स्वर्गीय पितालाई श्रद्धान्जली अर्पण गर्ने कार्यमा सरिक भए। 

विगतमा एमालेबाट निर्वाचित ९२ वर्षीय जनपक्षीय जनप्रतिनिधि घननाथ अधिकारीलाई मन्त्री खतिवडाले भेटे भने मन्त्री खतिवडाले वि.सं.२०२८ सालमा प्रवेशिका उर्त्तिण गरेको भुटनदेवी माविस्थित भुटनदेवी एल्मुनाइ एशोसिएसनले आयोजना गरेको कार्यक्रममा सहभागी बने। 

यसैगरी, मन्त्री खतिवडा हेटौंडा अस्पतालको अवलोकन तथा छलफलमा सहभागी बने भने खतिवडा बन्धु समाजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भए। गृहजिल्लामा मन्त्री खतिवडालाई मंगलबार विभिन्न २१ वटा संघसंस्थाले स्वागत तथा सम्मान गरेको थियो। 

मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनी प्रा.लि., निर्माण व्यवसायी संघ मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च मकवानपुर, लायन्स क्लव, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक सेवा प्रहरी केन्द्र मकवानपुर, नेपाल औषधि व्यवसायी संघ,कृष्ण प्रणामी समाज मकवानपुर, मारवाडी एशोसिएसन मकवानपुर, नारायणी पेट्रोलियम बिक्रेता संघ, सार्वजनिक मकवानपुर यातायात प्रा.लि., मकवानपुर बचत तथा ऋण सहकारी संस्था, मकवानपुर जागरण अभियान, अफिन, नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, नेपाल अटो ईरिक्सा व्यवसायी संघले मन्त्री खतिवडालाई स्वागत तथा सम्मान गरेको हो। 

त्यसैगरी, मन्त्री खतिवडाले आजै पुरानो वामपन्थीको आधार क्षेत्र मकवानपुरको फाखेलमा गएर कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गरे। 

यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४,सितलमहलचोकस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेटघाट पनि मन्त्री खतिवडाले गरे। 

मन्त्री खतिवडा सहभागी सबै कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल र उप सचिव जीवन लामाको आतिथ्यता थियो।         -न्युज कारखाना 

प्रकाशित: Oct 12, 2021| 09:15 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।