काठमाडौं- चार पटकको विश्व विजेता जर्मनीले आइतबार राति सम्पन्न विश्वकपको युरोपियन छनोटमा सानदार जित निकालेको छ। नर्थ म्यासेडोनियामा सम्पन्न खेलमा जर्मनीले घरेलु टिमविरुद्ध ४-० गोलको जित निकालेको हो।
जर्मनीको जितका लागि टिमो वार्नरले दुई गोल गरे भने केई हभाटर्ज र जमल मुसियालाले पनि समान १-१ गोल गरे। पहिलो हाफमा दुवै टिमबाट गोल नभएको खेलमा सबै खेल दोस्रो हाफमै भएका थिए। जहाँ केई अभाटर्जले ५० औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए।
उनले थोमस मुलरले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्। मुलरकै पासमा वानर्रले ७० औं मिनेटमा गोल गरे। वार्नरले त्यसको तीन मिनेटमा नै अर्को गोल गरे। यसपटक उनलाई विट्र्जले पास उपलब्ध गराएका थिए।
त्यस्तै, खेलको ८३ औं मिनेटमा मुसियालाले गोल गरेसँगै जर्मनीले ४-० गोलको अग्रता बनायो र खेल जित्यो। खेल अवधिभर म्यासेडोनियाले २५ प्रतिशत समय मात्र बलमा पाएको थियो।
सोहि क्रममा पनि उसले जर्मनीको पोस्टतर्फ सात प्रहार गर्यो। तर उसका कुनै प्रहार सफल भएनन्। यो हारसँगै म्यासेडोनिया १२ अंकका बनाएर समूह जे को तेस्रो स्थानमा छ।
विजेता जर्मनी २१ अंकका साथ शीर्षस्थानमा छ। सोही समूहको अर्को खेलमा भने रोमानियाले अर्मेनियालाई हराएको छ।