सोमबार, असार २२, २०८३

जिब्राल्टरको पोस्टमा नेदरल्यान्ड्सको आधा दर्जन गोल

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरविरुद्ध सानदार जित निकालेको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- अर्को वर्ष कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरविरुद्ध सानदार जित निकालेको छ। नेदरल्यान्ड्सको रोटरडमस्थित डि कुप रंगशालामा भएको खेलमा उसले पाहुना टिम जिब्राल्टरविरुद्ध आधा दर्जन गोल गरेको हो।

खेलको ९  मिनेटमै डिफेन्डर भर्जिल भान डाइकले गोल गर्न सुरु गरेपछि नेदरल्यान्ड्सले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गर्यो। यससँगै जिब्राल्टरले ६–० गोलको हार बेहोरेको हो।

नेदरल्यान्ड्सका लागि मेम्फिस डिपाएले २१ औं मिनेटमा पहिलो र इन्ज्युरी समयमा दोस्रो गोल गरे। त्यो गोलसँगै नेदरल्यान्ड्सले ३–० गोलको अग्रता बनायो।

दोस्रो हाफको ४८ औं मिनेटमा डेन्जल डमफ्रिजले, अनाउट डन्जुमाले ७५ औं मिनेटमा  र डोनयल मलिनले ८६ औं मिनेटमा गोल गरेका थिए।

त्यो सानदार जितसँगै नेदरल्यान्ड्सले समूह जीको शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ। उसको १९ अंक हुँदा पराजित जिब्राल्टर शून्य अंकका साथ समूह जीको अन्तिममा छ। सोही समूहको अर्को खेलमा नर्वेले मोन्टेन्ग्रोलाई २–० गोलले हराएको छ।

प्रकाशित: Oct 12, 2021| 06:49 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।