सोमबार, असार २२, २०८३

रानीवन, आरसी–३२ र साँगा सी डिभिजन लिगका लागि छनोट

आगामि सिजनको सहिद स्मारक सी डिभिजन लिगका लागि तीन क्लब छनोट भएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- आगामि सिजनको सहिद स्मारक सी डिभिजन लिगका लागि तीन क्लब छनोट भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले गएको भदौबाट सुरु गरको सी डिभिजनको छनोट खेलमा तीन क्लब छनोट भएका हुन्।

अब आउँदो सिजनको सि डिभिजन लिगमा सुदुरपश्चिमको रानीबन स्पोट्स क्लब, आरसी ३२ र स्पोट्र्स एकेडेमी साँगाले सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न हिजो आइतबार सम्पन्न खेलबाट जित निकाल्दै आरसी ३२ र साँगा सी डिभिजन लिगमा छनोट भएका हुन् भने सोमबार दिउँसो सम्पन्न अर्को खेलबाट रानीबन छनोट भएको हो।

छनोटको अन्तिम खेलमा रानीबनले नुवाकोट युनाइटेड फुटबल क्लबलाई १-० गोलले हराउँदै सी डिभिजनमा छनोट भएको हो।

छनोटमा देशभरका ७८ क्लबले सहभागिता जनाएका थिए। ति क्लबहरुलाई २६ समूहमा बाँडेर समूह चरणका खेल गराइएको थियो। हरेक समूहको विजेता टिमलाई नकआउट चरणबाट छानेर शीर्ष तीन टिमलाई सी डिभिजनका लागि छनोट गरिएको हो।

प्रकाशित: Oct 11, 2021| 18:45 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।