आइतबार, माघ ४, २०८२

ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा निरजलाई सर्वाधिक ७५ अंक

सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन्। उनले सर्वाधिक ७५ अंक हासिल गरे। नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित ग्रेडिङमा सुदूरपश्चिमकै गोविन्द कठायत दोश्रो तथा बागमती प्रदेशकी सुजिता तामाङ तेश्रो भए।

National life

गोविन्दले ६७ तथा सुजिताले ६२ अंक ल्याएको आयोजक संघका प्रमुख प्रशिक्षक रणबहादुर बोगटीले जनाएका छन्।

बागमतीका काजल खत्री, अनुष्का अधिकारी, ममता खत्री र सुष्मा तामाङ, लुम्बिनीकी सफलता राना मगर तथा सुदूरपश्चिमका आयुश बुढाथोकी, पविता बोहरा र सचिन बोगटी उत्कृष्ट घोषित भए।

तार्केश्वर नगरपालिकाको चिम्बर पोखरीमा भएको साताव्यापी ग्रेडिङ मुख्य प्रशिक्षक बोगटीले सञ्चालन गरेका थिए। उनका सहयोगीका रुपमा रविना घर्ती मगर, जीवन विक, सुजन तामाङ, विकेशराज श्रेष्ठ र सचिता बुढाथोकी रहेका छन्।

प्रकाशित: Oct 11, 2021| 18:30 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।