आइतबार, माघ ४, २०८२

सन्दीप बने सेप्टेम्बरको प्लेयर अफ दि मन्थ

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका उत्कृष्ट खेलडीमा चुनिएका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका उत्कृष्ट खेलडीमा चुनिएका छन्। नेपाली सन्दीप पुरुषतर्फको उत्कृष्ट चुनिएका हुन् भने महिलातर्फको उत्कृष्टमा इंग्ल्यान्डकी हेथर नाइट चुनिएकी छन्। 

National life

नेपालका सन्दीप लामिछानेले आईसीसीले सार्वजनिक गरेको बंगलादेशी बायाँ हाते अर्थोडक्स नासुम अहमद र अमेरिकी ब्याट्सम्यान जस्करण मल्होत्रालाई पछि पार्दै महिनाको उत्कृष्ट खेलाडी चुनिएका हुन्। यी तिनै खेलाडीले गएको महिनामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

लामिछानेले पपुवा न्युगिनीविरुद्धको एक खेलमा ११ रन दिएर ६ विकेट लिएका थिए। सोहि देशसँगको अर्को खेलमा उनले ३५ रन खर्चिएर चार विकेट लिएका थिए। उनले विश्वकप क्रिकेट लिग २ मा पनि सानदार प्रदर्शन गरेका थिए। उनले त्यस दौरान ६ एक दिवसीय खेल खेलेर १८ विकेट लिएका थिए।

उनले बलियो प्रतिद्वन्द्वी ओमनविरुद्ध पनि १८ रन दिएर चार विकेट गिराएका थिए। यता इंग्ल्यान्डकी कप्तान हेथर नाइटले टिममेट चार्ली डिन र दक्षिण अफ्रिकाकी लिज्ले लिलाई पछि पार्दै उत्कृष्ट खेलाडी चुनिएकी हुन्। उनले न्युजिल्यान्डविरुद्ध सानदार प्रदर्शन गर्दै २१४ रन जोडेकी थिइन्।


प्रकाशित: Oct 11, 2021| 16:02 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।