काठमाडौं– प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन्। मनकामना र शीतलनगर टोल सुधार समितिले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको उपाधी पराजुली र पन्तले जितेका हुन्।
फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे। उपाधि विजेता जोडी मध्येका एक प्रकाश नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगितामा बाबुराम ढकाल र भुवल तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए। प्रतियोगितामा १२ जोडी सहभागी थिए ।