शुक्रबार, भदौ ५, २०८३

प्रतिनिधि सभाको अर्को बैठक कात्तिक ९ गते बस्‍ने

सोमबार बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सूचीबारे जानकारी गराएका थिए।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गते बस्‍ने भएको छ। सोमबार बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सूचीबारे जानकारी गराएका थिए। 

अब प्रतिनिधि सभाको आगामी बैठक आगाकी कात्तिक ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद्‌ अवरोधकाबीच सभामुख सापकोटाले मन्त्रीहरुको नियुक्तिबारे जानकारी गराएका थिए। त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले मधेसी आयोगको वार्षिक प्रतिवेदन संसद्‌मा पेश गरेका थिए।

संसद्को चालु अधिवेशन सुरु भएदेखि नै सदन अवरुद्ध गर्दै आएको का एमालेले आज सोमबार पनि विरोध कायम राखेको हो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए। 

प्रकाशित: Oct 11, 2021| 14:44 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...