शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको नाराबाजी कायम रहेपछि सभामुखले भने– संसद्को अवरोधले जनमानसमा निराशा पैदा भयो

एमालेको नाराबाजी कायम रहेपछि सभामुखले भने– संसद्को अवरोधले जनमानसमा निराशा पैदा भयो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा अवरोध कायम राखेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा अवरोध कायम राखेको छ। संसद्को चालू अधिवेशन सुरु भएदेखि नै सदन अवरुद्ध गर्दै आएको एमालेले आज सोमबार पनि विरोध कायम राखेको हो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए। सभामुखले बैठक सुचारु गर्न आग्रह गरिरहे पनि सांसदहरुले नाराबाजी नरोकेपछि बैठक अघि बढाएका छन्।

संसद्मा भइरहेको लगातारको अवरोधका कारण आम जनमानसमा निराशा पैदा भएकोले अवरोध नगर्न सभामुखले आग्रह गरेका थिए। 

आजको बैठकमा सभामुखले मन्त्रिपरिषद् विस्तारबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् भने दुईवटा विधेयक पेश भएका छन्। अर्को बैठक कात्तिक ९ गते बस्नेछ।

प्रकाशित: Oct 11, 2021| 14:36 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...