काठमाडौं– एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।
असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो। अखिलको २३ औं महाधिवेशन चैत २२ देखि २४ गतेका लागि तोकिएको छ। अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् भने महासचिव समिक बडाल छन्।