धनगढी- प्रहरीले कैलालीबाट चार लाख बढी मूल्य बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका–९ स्थित सडक खण्डबाट चार लाख तीन हजार तीन सय ७५ रुपैयाँ बराबरको भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेर ल्याएको सामान बरामद गरेको हो।
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सारलाई बुझाएको बताए।