सोमबार, असार २२, २०८३

आईपीएल: दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

इन्डिया प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटललाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- इन्डिया प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटललाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार राति सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई चार विकेटले हराएको हो।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो।

यता १७३ रनको लक्ष्यका साथे मैदान पसेको चेन्नईले दुई बल बाँकी रहँदै छ विकेट गुमाएर लक्ष्य पुरा गरेपछि उसले फाइनलमा स्थान बनाएको हो।

खेलमा दिल्लीका पृथ्वी श ले सर्वाधिक ६० रन बनाए भने चेन्नईका रितुराज गायक्वडले ७० रन जोडे। चेन्नईकै रविन उथप्पाले पनि ६३ रनको योगदान दिए।

अब चेन्नईले फाइनल खेल्नेछ। यता दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ।

प्रकाशित: Oct 11, 2021| 08:23 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।