आइतबार, माघ ४, २०८२

हामीले इन्डियाविरुद्ध फिनिसिङमा गल्ती गर्‍यौं : अलमुताइरी

इन्डियाविरुद्ध १–० गोलअन्तरले हार बेहोरेपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले फिनिसिङ राम्रो गर्न नसकेको बताएका छन्। उनले खेलपछि बोल्दै नेपालले फिनिसिङमा गल्ती गरेको बताए।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– इन्डियाविरुद्ध १–० गोलअन्तरले हार बेहोरेपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले फिनिसिङ राम्रो गर्न नसकेको बताएका छन्। उनले खेलपछि बोल्दै नेपालले फिनिसिङमा गल्ती गरेको बताए।

National life

उनले भने, ‘हामीले खेलमा एक गल्ती गर्‍यौं। हामी फिनिसिङमा भाग्यमानी रहन सकेनौं। हामीले स्कोर गर्न नसके पनि आशा मारेका छैनौं।’

नेपालले खेल अवधिभर इन्डियाको पोस्टतर्फ चार प्रहार गरे पनि कुनै प्रहार पोस्टको सही दिशामा थिएनन्। त्यसैले नेपालले गोल पनि गर्न सकेन। पहिलो दुई खेलमा जित निकाले पनि तेस्रो खेलबाट अंक बटुल्न नसक्दा नेपालको फाइनलसम्मको यात्रा लम्बिएको छ।

अब बुधबार नेपालले बंगलादेशसँग खेल्दैछ। ‘हामीले अब अन्तिम खेलमा बंगलादेशसँग खेल्दैछौं,’ प्रशिक्षक अलमुताइरी भन्छन्, ‘त्यो खेलमा हामीले अंक जोड्नु पर्नेछ। मलाई लाग्छ हामीले त्यो खेलमा जित निकाल्नेछौं। अब हामीलाई जितको विकल्प छैन।’

अब एक खेल हारिसकेपछि फाइनलमा स्थान बनाउने अप्ठ्यारो बढेको हो? भन्ने प्रश्नमा अलमुताइरीले भने, ‘यो प्रतियोगिताको कुनै खेल पनि सजिलो छैन। हामीले यो खेलमा पनि दबाब भोगेका छौं। र, हामीलाई टेन्सन भयो। यदि फाइट नगर्ने हो भने जित्न गाह्रो हुन्छ।’

Laxmi sunrise bank
kumari
अब फाइनलमा इन्डियासँग खेलेर जित निकाल्यो भने त्यो आफ्ना लागि ठूलो जित अलमुताइरीले बताए। 

उनले सबै टिममा आआफ्नो देशका उत्कृष्ट खेलाडी रहेको बताएका छन्। उनले भने, ‘सबै देशले आफ्नो देशमा भएका उत्कृष्ट खेलाडी छनोट गरेका छन्। त्यसमा पनि कुनै खेलाडी धेरै शक्तिशाली हुन्छन्। सुनिल क्षेत्री त्यस्तै हुन्।’

सुनिलले इन्डियाका लागि ७७ गोल गरिसकेका छन्। उनी अहिलेको सक्रिय खेलाडीहरूमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीपछि धेरै गोल गर्ने खेलाडी पनि हुन्। त्यसैले सुनिल क्षेत्रको गोल निकै राम्रो रहेको नेपालले गल्ती नगरेको प्रशिक्षक अलमुताइरीले बताएका छन्।

साफअघि नेपालमा भएको मैत्रीपूर्ण खेलमा पनि क्षेत्रीले नेपालविरुद्ध गोल गरेका थिए।

नेपाल आइतबार रातिको खेलमा इन्डियाको पुरा दबाबमा परेको थियो। ‘नेपालले गोलका अवसर कम सिर्जना गर्‍यो भन्दैमा नेपाली टिम कमजोर हो भन्न मिल्दैन,’ उनले भने, ‘नेपाली टिम राम्रो हो। कुनै पनि खेलाडीलाई दोष नदिन म आग्रह गर्छु। खेलाडीले खेलेका छन्, राम्रो फाइट गरे।’

उनले नेपालले पनि इन्डियासँग उत्तिकै फाइट गरेको र राम्रो प्रदर्शन गरेको बताएका छन्। 'मैले अहिले एसिया कप छनोटमा पनि काम गरिरहेको छु। राम्रो टिम निमार्ण गर्न गइरहेको छु', उनले भने।

अब फाइनलमा इन्डियासँग खेलेर जित निकाल्यो भने त्यो आफ्ना लागि ठूलो जित अलमुताइरीले बताए। यता, इन्डियाका प्रशिक्षक इगोर स्टिमेकले इन्डियाको प्रदर्शनबाट खुसी रहेको बताएका छन्। 

‘आज हाम्रा खेलाडीले जसरी खेले म त्यसमा निकै खुसी छु। हामीले गोल गर्नै पर्ने थियो। त्यो काम आज भएको छ। हामीले जितसँगै तीन अंक बटुलेका छौं।’

त्यो जितसँगै इन्डियाले तीन खेलबाट ५ अंक बनाएको छ। यता, नेपालले भने समान तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ। ६ अंक नै भएको माल्दिभ्स भने शीर्षस्थानमा छ।

तालिकाको पुछारमा रहेको श्रीलंका बाहिरिसकेको छ भने, बंगलादेशको एक खेल बाँकी छ। बंगलादेशको चार अंक छ।

प्रकाशित: Oct 11, 2021| 07:47 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।