काठमाडौं- एसियन/ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार जुडो खेलाडी छनोट भएका छन्। नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष/महिला गरी चार खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन्।
नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भएका हुन्।
महिला ५२ केजीमुनी देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिएका छन्। चारै खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन्। च्याम्पियनसिप लेबननमा डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुने छ।