सोमबार, असार २२, २०८३

बराबरीमा रोकियो ब्राजिल, तोडियो शतप्रतिशत जितको यात्रा

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत सोमाबार बिहान सम्पन्न खेलमा ब्राजिलले बराबरी खेलेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत सोमाबार बिहान सम्पन्न खेलमा ब्राजिलले बराबरी खेलेको छ।

कोलम्बियाको घरेलु मैदानमा सोमाबार सम्पन्न खेलमा ब्राजिलले पहिलो पटक बराबरी खेलेको हो। निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा सकियो।

ब्राजिलले खेल अवधिभर अधिक समयमा नियन्त्रण बनाउँदै कोलम्बिया माथि दबाब बनाए पनि उसले गोल गरेन। यता, बलमा थोरै नियन्त्रण राखे पनि कोलम्बियाले विपक्षीको पोस्टमा धेरै प्रहार गरेको थियो।

ब्राजिलले कोलम्बियोको पोस्टतर्फ ९ प्रहार गर्‍यो भने कोलम्बियाले १२ प्रहार गरेको थियो। यो बराबरीसँगै, ९ खेलसम्म शतप्रतिशत जित निकालेको ब्राजिलले जारी छनोटमा पहिलो खेलमा जित निकाल्न नसकेको हो। उसले अहिले १० खेलबाट २८ अंक जोडेको छ।

ऊ अहिले शीर्षस्थानमा छ। यता, कोलम्बिया भने १५ अंकका साथ पाँचौं स्थानमा छ। दक्षिण अमेरिकी छनोटमा अहिले अर्जेन्टिनाले उरुग्वेको सामना गरिरहेको छ।

प्रकाशित: Oct 11, 2021| 06:35 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।