सोमबार, असार २२, २०८३

बेञ्जेमा र एम्बाप्पेले दिलाए फ्रान्सलाई नेसन्स लिगको उपाधि

स्पेनलाई २–१ गोलले हराउँदै फ्रान्सले नेसन्स कपको उपाधि जितेको छ। आइतरबार राति इटालीको सान सिरो मैदानमा सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई हराउँदै उपाधिमा कब्जा जमाएको हो।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं– स्पेनलाई २–१ गोलले हराउँदै फ्रान्सले नेसन्स कपको उपाधि जितेको छ। आइतरबार राति इटालीको सान सिरो मैदानमा सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई हराउँदै उपाधिमा कब्जा जमाएको हो।

फ्रान्सको जितका लागि करिम बेञ्जेमा र केलियन एम्बप्पेले समान १–१ गोल गरे। एक गोलले पछि परेको अवस्थामा एम्बाप्पेको पासलाई सदुपयोग गर्दै बेञ्जेमाल गोल गर्दै खेललाई बरबरीमा ल्याएका थिए।

इटालीको सान सिरो मैदानमा सम्पन्न खेलको पहिलो हाफा गोलरहित बराबरी भएपछि सबै गोल दोस्रो हाफमा नै भएका थिए।

जहाँ ६४औं मिनेटमा सर्जियो बक्वेटको पासबाट गोल गर्दै ओयरजवाले स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनको अग्रता भने दुई मिनेटमै बेञ्जेमाले तोडिदिए।

बराबरीको अवस्थामा चलिरहेको खेलको ८० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले खेलको नजिता २–१ गोल अन्तरको बताए। एम्बप्पेका लागि थियो हर्नान्डेसले पास उपलब्ध गराएका थिए।

त्यसपछि दुवै पक्षबाट गोल हुन नसक्दा फ्रान्सले लिगको उपाधि जित्यो। त्यस्तै, आइतबार साँझ तेस्रो स्थानका लागि भएको खेलमा भने इटालीले बेल्जियमलाई २–१ गोलअन्तरले हराएको थियो।

प्रकाशित: Oct 11, 2021| 06:31 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।