सोमबार, असार २२, २०८३

दबाबपूर्ण खेलमा नेपालको पहिलो हार, भारतको पहिलो जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले पहिलो हार बेहोरेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले पहिलो हार बेहोरेको छ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपालले भारतसँग १–० गोलको हार बेहोरेको हो। नेपालविरुद्ध भारतको जितका लागि फरवार्ड सुनिल क्षेत्रीले गोल गरे। 

नेपालको यो हारसँगै फाइनलमा पुग्ने सपना एक खेल टाढा पुगेको छ। अब नेपालले फाइनल खेल्नका लागि अर्को खेलमा बंगलादेशसँग जित निकाल्नुपर्नेछ वा बराबरी गर्नुपर्नेछ।

आजको खेलमा सुरुआतबाटै नेपाली टिम दबाबमा थियो। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरवार्ड नवयुग श्रेष्ठ र अन्जन विस्टलाई बेन्चमा राखेर खेल सुरु गराएका थिए।

पछिल्ला दुवै खेलमा सुरुआती रोजाइमा नपरेका मनीष डाँगी भारतविरुद्ध पहिलो रोजाइमा उतारिएको थियो। पहिलो हाफमा नेपालले सहज सुरुआत गर्न सकेन।

मनीष र दिनेशको जोडीले सुरुआतबाटै काउन्टर अट्याकमा गोल गर्न चाहे पनि उनीहरुले सफल भएनन्। 

भारतीय पक्षबाट २४ औं मिनेटमा ब्रेन्डन फर्नान्डेको प्रहार पोस्ट बाहिर गएको थियो। भारतले २५ औं मिनेटमा गरेको प्रहार भने गोलकिपर किरणकुमार लिम्बूले बचाएका थिए।

नेपाली टिमले भने भारतीय गोलकिपर गुरप्रित सिंह सिन्धुलाई व्यस्त राख्न सकेन। नेपालले भारतको पोस्टनजिकै धरै समय खेल्नै सकेन। बरु भारतले नेपाली पोस्टनजितकै खेलिरह्यो।

नेपाली टिमका गोलकिपर लिम्बूलाई खेल अवधिभर भारतीय खेलाडीले दबाब दिइरहे। ३४ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले पोस्टनजिकबाटै अवसर गुमाएका थिए। नेपाली गोलकिपरलाई छाडेर बल अघि बढिसकेको समयमा पनि क्षेत्रीले पोस्टको जाली चुमाउन सकेनन्।

४३ औं मिनेटमा भारतले पुनः अर्को गल्ती गरेको थियो। कप्तान क्षेत्रीले हेडमार्फत प्रहार गरेको बल मनवीर सिंहले पोस्टतर्फ लगे पनि नेपाली डिफेन्डर रोहित चन्दले बचाए।

भारतले गोलको निकै अवसर पाए पनि सदुपयोग गर्न सकेन। नेपालले भने पहिलो हाफमा दुई पटक मात्र विपक्षीको पोस्टतर्फ प्रहार गर्न सक्यो। पहिलो हाफमा भारतले ७८ प्रतिशत बल पोसेन बनाए पनि उसले गोल गर्न सकेन। 

दोस्रो हाफमा पनि भारतले उस्तै सुरुआत गरेको थियो। भारतका प्रितम कोटलले प्रहार गरेको बल पनि पोस्टबाहिर गएको थियो। 

हारे पनि नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स छ। तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ। 

नेपाली टिमले बीचमा पाएको केही बल पनि भारतले सहजै नियन्त्रण लिएको थियो। यस क्रममा भारतले धैर्य गरेर खेलिरह्यो। खेलको ५८ औं मिनेटमा भारतीय खेलाडीले गरेको प्रहार कप्तान किरणले डाइभ गर्दै बचाएका थिए।


 ४–५–१ को फर्मेसनमा उत्रिएको नेपालले डिफेन्सिभ खेल खलेको थियो। भारतले नेपालविरुद्ध आक्रमण गरिरह्यो। ६३ औं मिनेटमा यासिरले पनि पोस्टबाहिर प्रहार गरे।

७७ औं मिनेट र ८१ औं मिनेटमा पनि क्षेत्रीको प्रहार कप्तान लिम्बूले बचाएका थिए। क्षत्रीको दोस्रो पहार भने मैदानमा ड्रप भएर मैदानबाट बाहिरिएको थियो। यद्यिप क्षेत्रीले ८२ औं मिनेटमा पोस्ट नजिकैबाट गोल गरे।

हारे पनि नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स छ। तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ। ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।

अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४ः४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ। सोही राति माल्दिभ्स र भारत भिड्नेछन्। नेपाललाई लिग चरणको अन्तिम खेलमा आफ्नो खेलको नतिजाले नै फाइनल यात्राको निर्णय हुनेछ। त्यस्तै बंगलादेशको पनि आफ्नै नतिजाले फाइनल यात्राबारे निर्णय हुनेछ। अर्को खेलमा माल्दिभ्स र भारतबीच पनि जित्ने टोलीले फाइनलमा प्रवेश गर्नेछ।

प्रकाशित: Oct 10, 2021| 23:48 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।