सोमबार, असार २२, २०८३

पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरीमा

साफ च्यापियनसिप अन्तर्गत आइतबार भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुवै गोलरहित बराबरी खेलेका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं– साफ च्यापियनसिप अन्तर्गत आइतबार भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुवै गोलरहित बराबरी खेलेका छन्।

भारत खेलको सुरुदेखि नै आक्रमणमा उत्रिए पनि नेपालको दरिलो रक्षापंक्तिका कारण उसका तर्फबाट गोल हुन सकेन। यस्तै नेपाली टोलीले गोल गर्न पटक पटक गरेको प्रयास सफल हुन सकेन।

नेपालले पटकपटक काउन्टरमा अघि बढ्ने अवसर पाए पनि भारतको रक्षापंक्तिबाट बल अघि बढाउन सकेन। खेलको २५ औं मिनेटमा गोलरक्षक किरणले भारतको आक्रमण बचाउँदै नेपालको खतरा टारेका थिए। भारतका तर्फबाट ३४ औं मिनेटमा सुनिल क्षेत्रीले खाली पोस्टमा गोल गर्न चुकेका थिए। 

लगत्तै ३५ औं मिनेटमा ब्रान्डन फर्नान्डेसको लामो प्रहार पोस्टभन्दा निकै परबाट बाहिरिएको थियो। ४३ औं मिनेटमा भारतले अर्को अवसर गुमाएको थियो। 

प्रशिक्षक अलमुताइरीले रक्षात्मक रणनीति अपनाउँदै मनीष डाँगीलाई एकल फरवार्डकारुपमा उतारेका छन्। उनलाई सुमन लामा र सुजल श्रेष्ठले साथ दिएका छन्। त्यस्तै मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटीको जोडी छ। डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्याल छन्। 

आजको खेलमा जित हासिल गरे नेपाल फाइनलमा प्रवेश गर्नेछ। आज पराजित भए भारत प्रतियोगिताको समूह चरणबाट  बाहिरिनेछ।


प्रकाशित: Oct 10, 2021| 22:32 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।