काठमाडौं– नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ सेट सार्वजनिक गरेका छन्। नेपालले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतको सामना गर्दैछ। पछिल्लो खेलबाट नेपालले टोलीमा ३ परिवर्तन गरेको छ ।
नेपालले श्रीलंकाविरुद्ध जितबाट अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठ बाहिर छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, दीनेश राजवंशी र सुजल श्रेष्ठलाई सुरुवाती एघारमा समेटेका छन्।
गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी र रोहित चन्दसँग विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन्।
मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङ छन्। आक्रमणमा सुजल श्रेष्ठ, मनीष डाँगी र सुमन लामा छन्।
नेपालले यस खेलमा जित हासिल गरे टोली फाइनलमा प्रवेश गर्नेछ। भारत भने पराजित भए फाइनल प्रवेश गर्नबाट वञ्चित हुनेछ।