आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • माल्दिभ्ससँग पराजित भएपछि श्रीलंका साफ च्याम्पियनसिपबाट बाहिरियो

माल्दिभ्ससँग पराजित भएपछि श्रीलंका साफ च्याम्पियनसिपबाट बाहिरियो

आइतबार राति सम्पन्‍न खेलमा माल्दिभ्ससँग हार बेहोरेसँगै श्रीलंका जारी साफ च्याम्पियनसिपबाट बाहिरिएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- आइतबार राति सम्पन्‍न खेलमा माल्दिभ्ससँग हार बेहोरेसँगै श्रीलंका जारी साफ च्याम्पियनसिपबाट बाहिरिएको छ।

National life

माल्दिभ्सको माले‍स्थित राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोलीसँग १-० गोलको हार बेहोर्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो।

खेलमा माल्दिभसका फरवार्ड अलि अशफाकले खेलको छैटौं मिनेटमा निरनायक गोल गरेका थिए। यो जितसँगै माल्दिभसले लिग चरणमा ३ खेलबाट ६ अंक बनाएको छ। उसले शीर्षास्थानको नेपालसँग बराबरी गरेको।

पराजित श्रीलंकाले लिग चरणका पूरा खेल खेलेर १ अंक जोडेको छ। उसले अघिल्लो चरणमा ईन्डियासँग  गोलरहित बराबरी गरेपछि एक अंक पाएको थियो।

श्रीलंका कुनै खेलमा जित निकाल्न नसक्दै बाहिरियो। उसले पहिलो खेलमा बंगलादेशसँग १-० को हार बेहोरेको थियो भने दोस्रो चरणको खेलमा नेपालसँग ३-२ गोलको हार बेहोरेको थियो।

Laxmi sunrise bank
kumari

आजको अर्को खेलमा नेपालले इन्डियाको सामना गर्नेछ। आजको बिजेता माल्दिभ्सले फाइनल नजिक पुगेको छ।


प्रकाशित: Oct 10, 2021| 19:32 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।