सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेसन्स लिगको फाइनल खेल आजः उपाधिका लागि स्पेन र फ्रान्स भिड्दै

नेसन्स लिगको फाइनल खेल आजः उपाधिका लागि स्पेन र फ्रान्स भिड्दै

इटालीको सान सिरो मैदानमा राति साढे १२ बजेबाट सुरु हुने फाइनल खेलमा उपाधिका लगि स्पेन र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं – युरोपेली देशहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता नेसन्स लिगको फाइनल खेल आइतबार हुँदैछ। इटालीको सान सिरो मैदानमा राति साढे १२ बजेबाट सुरु हुने फाइनल खेलमा उपाधिका लगि स्पेन र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन्।

फ्रान्स २०१८ को विश्व विजेतासमेत हो। यता स्पेन पनि गएको युरो कपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको हो।

विश्व वरीयतामा फ्रान्स दुई नम्बरबाट घटुवा भएर तेस्रो नम्बरमा छ। त्यस्तै, स्पेन आठ नम्बरमा छ। त्यसैले यी दुईबीच आइतबार राति साढे १२ बजे हुने प्रतिस्पर्धा निकै रोमाञ्‍चक हुने विश्वास गरिएको छ।

फाइनल खेल इटालीको सान सिरो रंगशालामा हुनेछ। त्यस्तै, तेस्रा स्थानका लागि बेल्जियम र इटाली भिड्ने भएका छन्। दुवै टोलीले सेमिफाइनलमा हार बेहोरेपछि उनीहरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।

तर, बेल्जियमको टिमका मुख्य सदस्य इडेन हजार्ड र रोमेलु लुकाकूले भने सो खेल गुमाउने भएका छन्। दुबै खेलाडी खेलका लागि पूर्ण फिट नभएका कारण उनीहरुले नखेल्ने प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन्।

यो खेल आइतबार साँझ पौने ७ बजे सुरु हुनेछ। खेल टुरिनको युभेन्टस रंगशालामा हुनेछ।

प्रकाशित: Oct 10, 2021| 16:12 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।