शुक्रबार, भदौ ५, २०८३

कांग्रेस नेता सिंहले भने - तत्काल 'फ्रेस इलेक्सन' मा जाऊँ

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसद्ले सुचारुरुपमा काम गर्न नपाएको भन्दै तत्काल फ्रेस इलेक्सनमा जानुपर्ने बताएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसद्ले सुचारुरुपमा काम गर्न नपाएको भन्दै तत्काल फ्रेस इलेक्सनमा जानुपर्ने बताएका छन्। 

काठमाडौं महानगरपालिका-२२ मा आइतबार पार्टीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको १४ औं महाधिवेशन सम्पन्‍न गरेर तत्कालै निर्वाचनमा जानुपर्ने बताएका हुन्। 

विगतका कमी–कमजोरीबाट पाठ सिकेर शेरबहादुर देउवा नेतृत्वको सरकार अघि बढ्न नचाहेको उनको टिप्पणी छ। 

उनले २०७४ को निर्वाचन अगाडिका आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथिको महाअभियोगले जनतामा कस्तो प्रभावित पर्‍यो भन्‍ने कुरा नबिर्सिन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले सुझाएका छन्।

देउवा  सरकारले ८८ दिनपछि पूर्णता पाए पनि सरकारमाथि उठेका गम्भीर प्रश्नहरुलाई ख्याल-ख्याल सोच्‍न नहुनेप्रति नेता सिंहले सजग गराएका छन्।

उनले प्रश्‍न गरे, ‘पार्टीभित्रका केही मान्छेहरुका गलत कार्यको सिंगो पार्टीले मूल्य चुकाउनुपर्छ। पदमा बस्‍नेले जे मनलाग्यो गर्ने अनि अरु नेताले जवाफ दिँदै ढाकछोप गर्नु पर्ने?’


प्रकाशित: Oct 10, 2021| 14:38 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...