आइतबार, वैशाख २८, २०८२

अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

बुटवलमा सम्पन्‍न २२ औं राष्ट्रिय सम्मेलनले कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिएको हो। कुँवर यसअघि उपाध्यक्ष थिए।
 |  आइतबार, असोज २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

vianetvianet

बुटवल- राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित भएका छन्। बुटवलमा सम्पन्‍न २२ औं राष्ट्रिय सम्मेलनले कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिएको हो। कुँवर यसअघि उपाध्यक्ष थिए।

triton college

सम्मेलनले उपाध्यक्षद्वयमा गणेश अधिकारी, नविन पाण्डे तथा महासचिवमा सुवास जिसि सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै सचिवमा सरोजमान सिंह, इन्द्रमणि पाण्डे, कोषाध्यक्षमा प्रतिभा आचार्य निर्वाचित भएको निवर्तमान अध्यक्ष बिमल पोखरेलले जानकारी दिए।

यसैगरि सचिवालय सदस्यहरुमा चोप बहादुर विक, हेमराज भट्ट, हरि बुढा, इन्द्रमणि पाण्डे, भीमराज जोशी छन्।

यसैगरी केन्द्रीय सदस्यहरुमा देवेन्द्र पौडेल, पुरन पोखरेल, खगेन्द्र विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेल्बासे, ऋषि आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्यसहित ३५ सदस्यीय कमिटी चयन भएको छ। 

शुक्रबारदेखि सुरु भएको सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले उद्घाटन गरेका थिए। 

National life insurance

प्रकाशित: Oct 10, 2021| 14:27 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...