शुक्रबार, भदौ ५, २०८३

राप्रपाको महाधिवेशन कार्यतालिकामा हेरफेर

पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशनको दिन यथावत् राख्दै कार्यतालिकामा केही संशोधन गरेको हो।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यतालिका हेरफेर गरिएको छ। पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशनको दिन यथावत् राख्दै कार्यतालिकामा केही संशोधन गरेको हो।

जसअनुसार सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कात्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय भएको छ। जिल्ला अधिवेशन गर्ने अवधि कात्तिक १४ गतेसम्मका लागि थपिएको छ। यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कात्र्तिक ११ देखि १७ गतेसम्म गरिने भएको छ। साथै बैठकले सातै प्रदेश कार्य समितिको अधिवेशन कात्तिक २३ गतेसम्म थप गर्ने भएको छ। 

प्रदेश नं. २ तथा भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद २०७८ कात्तिक १५ गतेसम्म थपिएको पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ। प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कात्तिक २३ गतेसम्म गर्ने निर्णय भएको छ। परिमार्जन कार्यतालिका कात्तिक १ बाट लागू हुने पार्टीले जनाएको छ।


प्रकाशित: Oct 10, 2021| 12:47 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...