शुक्रबार, भदौ ५, २०८३

शुक्रबार मन्त्री नियुक्त, आइतबार राजीनामा स्वीकृत

वनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्। उनले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।

सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाएका थिए। आफ्नो नियुक्तिलाई लिएर विवादमा परेपछि हमालले राजीनामा  दिएका हुन्।

उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको छ। सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई मन्त्रीमा नियुक्त गरेका थिए।

तर, ४८ घन्टा बित्न नपाउँदै उनले पदबाट राजीनामा दिएका छन्। नेपालको इतिहासमा ४८ घन्टाभित्रै मन्त्री पदबाट राजीनामा दिने सम्भवतः उनी पहिले मन्त्री हुन्। हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन्।

मन्त्री हमालले आफ्नै स्वविवेकले राजीनामा दिएको बताएका छन्। नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आए पनि व्यक्तिगत विवादमा पर्नुभन्दा राजीनामा दिनु उपयुक्त लागेको उनले बताएका छन्। हमाल लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि अहिले धार्मिक गतिविधिमा लागेका छन्। 

-न्युज कारखाना

प्रकाशित: Oct 10, 2021| 11:16 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...