शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हमालको राजीनामाबारे गगन : सम्मानित नेता विवादमा तानिँदा दुःख लागको थियो, राजीनामा आएको सुन्दा खुसी लाग्यो

हमालको राजीनामाबारे गगन : सम्मानित नेता विवादमा तानिँदा दुःख लागको थियो, राजीनामा आएको सुन्दा खुसी लाग्यो

नेपाली कांग्रेसका नेता गगन थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्दा खुसी लागेको बताएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्दा खुसी लागेको बताएका छन्। उनले आइतबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै भने, ‘सम्मानित नेता गजेन्द्र हमाल विवादमा तानिँदा दुःख लागको थियो। पछि उहाँको राजीनामा आएको सुन्दाखुसी लागेको छ। उहाँले यो गर्न आवश्यक थियो। उनले जालझेल गर्ने, ढाँट्ने र छलकपट गर्ने छुट नेपाली कांग्रेसलाई नरहेको पनि बताए। उनले भने, यस्तो काम काम त ओली जीको हो।’ 

थापाले जुन काम उज्यालोमा गर्न सकिन्न त्यो नेपाली कांग्रेसले नगर्ने बताए। उनले भने, ‘हामीले यो काम गलत हो भनेर आ(आफ्नो ठाउँबाट आवाज उठायौं र नेतृत्वले सुनिदिनुभो, सच्याउनुभो, खुसी लाग्यो।’ 

प्रकाशित: Oct 10, 2021| 11:02 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...