सोमबार, असार २२, २०८३

कतारविरुद्ध पोर्चुगलको जितमा रोनाल्डोको पनि गोल

फिफा विश्वकपको तयारीमा रहेको आयोजक देश कतारविरुद्ध युरोपेली टिम पोर्चुगलले सहज जित निकालेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं– फिफा विश्वकपको तयारीमा रहेको आयोजक देश कतारविरुद्ध युरोपेली टिम पोर्चुगलले सहज जित निकालेको छ।

आउँदो विश्वकप आयोजकका हिसाबमा तयारीका लागि यसअघिको युरोपेली छनोटसमेत खेलेको कतारले पोर्चुगलसँग एक मैत्रीपूर्ण खेलमा हार बेहोरेको हो।

खेलमा कतारले पोर्चुगलसँग ३–० गोलको हार बेहोर्‍यो। पोर्चुगलको जितका लागि क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्वाले गोल गरे।

खेलको ६१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको पोर्चुगलले कतारको पोस्टतर्फ २६ प्रहार गर्दा तीन पटकका प्रयास सफल भएका हुन्। यता कतार भने खेल समयभरि दबाबमा रह्यो।

यो खेलसँगै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्यामा पनि सुधार गरेका छन्।

प्रकाशित: Oct 10, 2021| 07:00 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।