बिहीबार, भदौ ४, २०८३

सीमा क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन

नेपालगञ्जको जमुनाहा नाकामा शनिबार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु भएको हो।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

नेपालगञ्‍ज- बाँके प्रहरीले चाडपर्व नजिकिँदै जाँदा अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ। नेपालगञ्जको जमुनाहा नाकामा शनिबार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले दशैँ तिहार लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल–भारतसँग जोडिएको जमुनाह नाकामा सीमा क्षेत्रमा हुनसक्ने अपराध जन्य गतिविधि रोक्न तालिमप्राप्त कुकुरको सहयोगमा नेपाल भित्रिने यात्रुलाई जाँच गरिएको जानकारी दिए।

उनले भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको बताए। सो कार्यमा कर्णाली प्रदेश प्रहरी केनाइन शाखा प्रमुख प्रहरी निरीक्षक बासु सुवेदीको नेतृत्वमा डग हेन्डलरसहित सुरक्षाकर्मी सीमानाकामा खटिएका थिए। -न्युज कारखाना


प्रकाशित: Oct 09, 2021| 20:16 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।