शुक्रबार, भदौ ५, २०८३

भ्रष्टाचार गर्ने नेतालाई छुट छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्ने नेतालाई छुट नहुने बताएका हुन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काभ्रेपलाञ्चोक- कम्युनिस्ट आचरणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छुट नभएको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन्। नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्ने नेतालाई छुट नहुने बताएका हुन्।

‘सत्तरी करोडको दागले काभ्रेली जनताको शिर निहुर्‍याउने काम भ्रष्टाचारीहरूले गरेका छन्,’ उनले भने, ‘त्यो दाग आगामी निर्वाचनमा मेटाउनु छ। त्यस्ता भ्रष्टाचारीहरूलाई अब यो मुलुकमा स्थान छैन भन्ने सन्देश निर्वाचनद्वारा गराउनु छ।’

अबको दिन एकीकृत समाजवादीको भएको उनले बताए। 'एमालेका दिन गए। अब एमालेको कल्पना पनि नेपाली जनताले गर्न सक्ने छैनन्। फुर्ती नलगाए हुन्छ। विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द कम्युनिस्ट पार्टीमा हुन सक्दैन', अध्यक्ष नेपालले भने। 

कम्युनिस्ट पार्टी विचार प्रधान हुने नेता नेपालको भनाइ छ। 'विश्व इतिहासलाई कोट्याउँदा कस्ता–कस्ता बादशाह सत्ताच्युत भएका छन् भने केपी ओली के हो र ! जसले पाठ सिक्दैछ, अहम्ताले कहाँ पुर्‍याउँछ,’ उनले भने।

केही दिनमै प्रदेश १ र बागमती प्रदेशको सत्ता पनि गुम्ने बताउँदै उनले यो सबैको कारण ओलीको अहमता भएको बताए। ओलीले विश्व इतिहासमा कम्युनिस्टमाथि कालो धब्बा लगाएको आरोप लगाए। - न्युज कारखाना/सुरज श्रेष्ठ


प्रकाशित: Oct 09, 2021| 20:45 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...