शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहजिल्ला पुगेर मन्त्री श्रेष्ठले भने - नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनू’

गृहजिल्ला पुगेर मन्त्री श्रेष्ठले भने - नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनू’

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

तनहुँ- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन्।

मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृह जिल्ला आएका मन्त्री श्रेष्ठले गर्जदै भने, ‘श्रम मन्त्रालय भन्ने वित्तिकै बद्नाम छ। वैदेशिक रोजगारीको सिलसिलामा विदेश लाने बहानामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखि बिचल्ली पार्ने धेरै सुनेका छौं। खबरदार! अब नेकपा समाजवादीको तर्फबाट किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ। त्यस्ता दलालहरु होसियार ! अब त्यस्ता दिन आउने छैन।’

सोझासाझा नेपालीलाई ठग्‍ने दलालहरुको दिन गएको उनको दाबी छ।  

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले रोजगारी गुमाएर स्वदेश फर्किएका करिब १५ लाख युवालाई रोजगारीको अवसर दिने मन्त्री श्रेष्ठको भनाइ छ। उनले गृह जिल्लाका बेरोजगार युवा र श्रमिकका लागि  विशेष प्याकेज ल्याएर रोजगारीको बाढी ल्याउने उद्घोष गर्नसमेत भ्याए।

उनले पदको लागि नभएर आफूले सर्वोच्च अदालतको सम्मान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताए। अगाडि थप्दै भने, ‘विश्वासको मत दिँदा किसान श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्‍यो पनि भने, गद्धार भने। आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, किसान श्रेष्ठ श्रेष्ठ कसरी गद्धार भयो?’ दुई पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उनको भनाइ थियो। 

नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले दशैँतिहारको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले संविधान जोगाएर सर्वोच्चको फैसलाको सम्मान गर्दा क्याविनेट मन्त्री भइन्छ भने किन नहुने भन्दै प्रश्न गरे। ‘क्याबिनेट मन्त्री हुँदा कल्ले हुन्न भन्छ र ? मन्त्री हुने हो यहीँ ठाउँको विकास गर्ने हो। तर मन्त्री खान गएको हैन। मन्त्री पद नै पछि लाएर आएपछि के गर्ने?’ उनले प्रश्न गरे। केपी ओलीको प्रवृत्तिको विरुद्धमा विद्रोह गर्नुपर्ने स्थिति आएकाले पार्टी विभाजन गर्नपरेको उनको दाबी थियो। 


प्रकाशित: Oct 09, 2021| 19:12 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...