आइतबार, फागुन २४, २०८२

साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते

साउदी सहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्।
 |  शनिबार, असोज २३, २०७८

एएफपी

एएफपी

शनिबार, असोज २३, २०७८

रियाद– साउदी सहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्।  यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ।  साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारी रहेको बताइएको छ।

National life

गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिसिया को हात रहेको छ।

यमनको सीमाबाट करिब  ६० किलोमिटर जाजानको किङ अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले  केही भौतिक क्षति पुर्याएको जनाइएको छ। सिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन्।

 

प्रकाशित: Oct 09, 2021| 17:29 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।