काठमाडाैं- भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङमा चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा चितवनमा उपाधि जितेको हो। जितसँगै चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख रुपैयाँ पाएका छन्।