बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनाढ्य चीनमा ओडारमै छुटेको यो अचम्मको जाति [भिडियोसहित]

धनाढ्य चीनमा ओडारमै छुटेको यो अचम्मको जाति [भिडियोसहित]

दुनियाँदेखि टाढै रहेर यो समूह शान्त तथा अनकन्टार गुफाको करीब २०० मिटर भित्री भागमा बस्छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

बेइजिङ– नेपालको राउटे जाति जंगलमा घुमन्ते जीवन बिताउँछ। गरिबीका कारण कतिपय अल्पसंख्यक जातिहरू यस्तै हालतमा जीवन बिताइरहेको छ। सारा चीन गरिबी निवारण भएर समृद्धितर्फ उन्मुख भइरहेका बेला चीनमा एउटा यस्तो जाति छ, जो जति अनुरोध गर्दा पनि गुफाबाट बाहिरिन चाहिरहेको छैन।

यो गुफा देखेपछि धेरैको मनमा सबैभन्दा पहिला उत्पन्न हुने भाव हो, साहसिक पर्यटकीय गन्तव्य। मानिसहरुको पहिलो प्रतिक्रिया एक निश्चित पर्यटकीय परिदृश्य। आधुनिक जमानामा मानिसहरु लगातार सहरमा आफ्नै घर बनाउनका लागि संघर्षरत छन्। 

वास्तवमा यो परिदृश्य चीनको अन्तिम ठाउँ हो भनेर चिनियाँ ‘नेटिजन्सहरू’ले लेखेका छन्। गुफामा बसोबास गर्ने यो जनजातिका मानिसलाई गुफाबाट बाहिर सार्ने मौका पनि दिइयो तर उनीहरु अझै पनि आफ्नो गुफामै जीवन बिताउने कुरालाई छनोट गरेर बसे। आज हामी चीनको अन्तिम गुफा निवासी जनजातिको परिचय गराउँदैछौं।

यो आदिवासी समूह कुइचौ प्रान्तको चु युन काउन्टीस्थित चोङतोङ म्याओ गाउँमा बस्छन्। हालसम्म यो जनजातिको केवल १८ वटा घर छन् भने कुल ७३ मियाओ जाति रहेका छन्। फेरि पनि उनीहरू पूर्ण आदिवासी जीवनशैली अपनाइरहेका छन्।

दुनियाँदेखि टाढै रहेर यो समूह शान्त तथा अनकन्टार गुफाको करीब २०० मिटर भित्री भागमा बस्छ। दुनियाँदेखि अलग भए पनि गुफामा हाल सञ्चार तथा बिजुली पुर्याइएको छ। त्यसैले उनीहरूलाई अझै पनि विश्वको सम्पर्कदेखि टाढै रहेको मान्न सकिँदैन। उनीहरूका बच्चा पनि अध्ययनका लागि निकटवर्ती काउन्टीमा गएका छन्। सामान्यतया केवल वयस्कहरू मात्रै अहिलेसम्म पनि त्यहीँ बसिरहेका छन्, जो सामान्य मानिसको कल्पना बाहिरको कुरा हो। 

के भनिन्छ भने चोङतोङ म्याओ जातिका पूर्वजहरू युद्धबाट भाग्दै र बच्दै गुफामा लुक्न थालेका थिए। त्यहाँभित्र रहँदा बस्दै गर्दा उनीहरूको नयाँ पुस्ता पनि त्यहीँ जन्मिँदै गयो। उनीहरू त्यहाँकै जीवनमा अभ्यस्त हुन थाले। यद्यपि गुफाभित्रका मानिसहरूले गुफाभित्र विवाह वा गाउँ बाहिरको विवाहलाई पनि स्वीकार्न थाले तर पनि उनीहरूको आफ्नो वैवाहिक रीतिरिवाज छ। बाह्य समाजसँगको सम्पर्क सीमित भए पनि उनीहरू विवाह तथा अन्त्येष्टी परम्पराको पालनामा निकै ध्यान दिने गर्छन्। 

गुफाका घरहरूको संरचना निकै सामान्य छ। तर उनीहरूको जीवनमा खुशी र प्रेममा कुनै असर परेको छैन। उनीहरू आफूलाई निकै सुखी पनि ठान्छन्। किनकि त्यहाँ अन्धाधुन्ध कुनै भौतिक सम्पत्तिको तुलना वा भोगको विषय छैन। अधिकांशको जीवनशैली वर्तमानकालीन स्थितिबाट सन्तुष्ट देखिन्छ।

त्यसो त उनीहरू बाह्य समाजसँग घुलमिल हुन वा अभ्यस्त हुन त्यति सजिलो मान्ने छैनन्। घर र जीवनको भौतिक चक्रले उनीहरूको जीवनको एउटा पाटो निर्माण गरेको छ। गुफा त्यति अँध्यारो वा आद्रतायुक्त छैन जुन सामान्यतया अनुमान गरिन्छ। बरू यहाँ जाडोमा न्यानो र गर्मीमा शीतल अनुभव गर्न सकिन्छ, बस्नका लागि निकै राम्रो छ।

क्वीचौको सो काउन्टीदेखि करिब ३० किलोमिटर टाढा क्षेत्रफलमा उनीहरूको गुफाबस्ती छ। उनीहरू ग्रामीण क्षेत्रको १५ किलोमिटर टाढा बजारमा दैनिक आवश्यकताका सामग्री किन्नका लागि जान्छन्। यसैकारण गुफाका वासिन्दाको जीवन अपेक्षाकृत सरल नै छ, दैनिक आपूर्तिको सुनिश्चितता छ। सामान्यतया खेतीपाती, पशुपालन, विशेष गरी सुँगुरपालनबाट आयआर्जन गर्न सक्छन्। गुफाभित्रका कतिपय मानिसहरू परम्परागत सिलाइकटाइबाट केही जीविकोपार्जनको आम्दानी पनि गर्न सक्छन्। 

जनजातिमध्ये लगभग सबैजसो मियाओ जातिका हुन्। खाली समयमा उनीहरू पार्टी गर्दै एकसाथ भेला हुन मन पराउँछन्। पुरुषहरू रक्सी पिउन मन पराउँछन् भने महिलाहरू घरधन्दा परिवारका कुरा गर्न रूचाउँछन्। गुफामा मानिसहरू आपसी प्रेम गर्छन्, सामान्य लोक रीतिरिवाज अपनाउँछन्, विदेशी पर्यटकलाई पनि स्वागत गर्छन्। पछिल्ला वर्षहरूमा अन्य समाजले पनि यो जनजातिमाथि धेरै ध्यान दिएको छ। उनीहरूको जीवनस्तरमा पनि सुधार भएको छ। प्राकृतिक गुफामा वास्तवमा जीवन बिताउन राम्रो र आनन्ददायी नै छ।

प्रकाशित: Oct 09, 2021| 15:45 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।