शुक्रबार, भदौ ५, २०८३

सरकार विस्तारमा महत्वपूर्ण नेताहरु पनि छुटे : देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको स्विकार गरेका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको स्विकार गरेका छन्।

प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेट्न नसकिएको स्पष्ट पार्दै भोलिका दिनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता समेत व्यक्त गरे। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीलाई योगदान दिएका साथीहरु छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरुलाई उचित भूमिका दिने आश्वासन समेत दिए।

प्रधानमन्त्री देउवाले शुक्रबार (हिजो) मन्त्रीपरिषदलाई पूर्णता दिएका थिए। तर महत्वपूर्ण नेताहरुलाई समेट्न नसकिएको प्रधानमन्त्री देउवाको भनाइ छ। उनले भने, ‘भर्खरै सरकार बनेको छ। सरकारमा धेरै र महत्वपूर्ण साथीहरु छुटेका छन्। पार्टीलाई योगदान दिएका साथीहरु छुटेका छन्। संयुक्त सरकार भएकाले सबैलाई समेटन सकिएन। भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको सो पुस्तक विपीबारे जान्न खोज्ने सबैलाई उपयोगी हुने विश्वास समेत व्यक्त गरे।


प्रकाशित: Oct 09, 2021| 14:40 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...